ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजियो : विनोद चौधरी

काठमाडौं । कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पाटीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले स्टन्टको राजनिति गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभामा लामिछानेले उल्लेख गरेका केही प्रसंगमाथि जवाफ दिँदै चौधरीले आफूमाथि प्रतिशोध साध्न खोजिएको बताएका छन् ।

लामिछानेले संसद्मा सम्बोधन गर्दै अनुसन्धानमा रहेका व्यक्ति बालकोटमा गएर गीत गाएको भन्दै टिप्पणी गरेका थिए ।

चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति दिएका छन् । जसकाप्रति मेरो घोर आपत्ति छ, विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी आज संसद्जस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन ।’

&nbs

p;

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *