काठमाडौँ । समस्याग्रस्त सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ऋणीहरूलाई ऋण तिर्न ३५ दिने सूचना जारी भएको छ । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज सो सूचना जारी गरेको हो ।
सूचनामा भनिएको छ, ‘बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूले सो संस्थाबाट उपभोग गर्नुभएको ऋण कर्जा रकमको सावाँ व्याज यो सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र आफूले उपभोग गरेको ऋण कर्जाको सावाँ तथा व्याज तपसिलमा उल्लेखित बैंक खातामा जम्मा गरि सोको भौचर यस समितिको कार्यालयमा पेस गरि कर्जा राफसाफ गर्नु हुन सूचित गरिन्छ।’
Artha Sanjal
अर्थ सन्जाल