विराटनगर । विराटनगरको हिमगिरी सोपले ब्रान्ड एम्बेस्डरमा नेपालका चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नियुक्त गरेकाे छ ।
महजोडीलाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डर तोकिएको कम्पनीले जनाएकाे छ । हिमगिरीले धोनी साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोप, स्याम्पु, मास्कलगायत उत्पादन गर्दै आएको छ । सरसफाइसम्बन्धी वस्तुको उत्पादनका लागि खोलिएको उद्योगमा उद्योगी महेश जाजू र प्रकाश मुन्दडाको लगानी छ । यसमा ३२ करोड रुपैयाँभन्दा बढी लगानी भएको मुन्दडाले बताए ।
हिमगिरी सोपका अध्यक्ष महेश जाजुले स्वदेशमै सरसफाइसम्बन्धी उद्योग स्थापनापछि स्थानीय उत्पादन वृद्धि भएको सुनाए ।
Artha Sanjal
अर्थ सन्जाल