काठमाडाैं। एनआईसी एशिया बैंक लिमिटेडकाे २६ बर्ष पुरा गरेर २७ औं वर्षमा प्रवेश भएको छ । बैंक साउन ५ गतेदेखि स्थापनाको २६ वर्ष पार गरी २७ वर्षमा लागेको हो ।
बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित अघि बढेको बैंकले यो अवसरमा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको दावी गर्दै २७ औं वार्षिकोत्सव मनाउन लागेको छ ।
२७ वर्षसम्ममा आइपुग्दा बैंकले मुलुकभर फैलिएको देशकै सबैभन्दा ठुलो सञ्जाल मार्फत ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल मार्फत ग्राहकहरू माझ गुणस्तरिय सेवा प्रवाह गर्न सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै बैंकले स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ र गत अर्थिक वर्ष २०८०र८१ मा मात्रै २ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र देशको आर्थिक विकासमा एक असल साझेदारको रुपमा स्थापित हुन समेत सफल भएको छ ।
कम्पनीले स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड भन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको छ। गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको छ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित अघि बढेको बैंकले यो अवधिमा साथ सहयोग गर्ने ग्राहक, नियमनकारी निकायहरू, सेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू सबैलाई धन्यवाद दिएको छ ।
‘२७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २७ औं वार्षिकोत्सव मनाउन गइरहेका छौं’, बैंकद्धारा जारी विज्ञप्तिमा छ ।
अर्थ सन्जाल