नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारको अन्तिम दिन आज दोहोरो अंकले घटेको छ । आज नेप्से १६ दशमलब ६९ अंकले घटेर दुई हजार ६ सय १३ दशमलब ६७ विन्दुमा रोकिएको हो । बुधबार नेप्से २० दशमलब ६३ अंकले घटेर दुई हजार ६ सय ३० दशमलब ६ विन्दुमा रोकिएको थियो ।
आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज ३ अर्ब २४ करोड ८९ लाख बराबरको कारोबार भएको छ । बुधबार २ अर्ब ४ करोड ४३ लाख बराबरको कारोबार भएको हो ।
आज कारोबार भएका ४९ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १४१ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तिीय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८१९ दशमलब ५० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९ दशमलब ९९ प्रतिशतले बढेर प्रतिकित्ता ७६० दशमलब ७० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज नेपाल फाइनान्स, सामलिङ पावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ । यस कम्पनीको आज ३० करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।







