काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
पाटन अस्पताल परिसरमा आयोजित एक समारोहबीच अस्पतालका निर्देशक डा. रवि शाक्य र बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
बैंकले ०७४ सालदेखि विपन्न महिलाको उपचारका लागि पाटन अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आएको जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल