नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित

काठमाडौं।  नागरिक लगानी कोषको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९–८० को प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश  प्रस्ताव पारित गरेको छ ।
सभाले गत वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी  लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ ।
त्यस्तै  आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्व ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेकोले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको बताए । उनले बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढिरहेको  जानकारी दिए । अध्यक्ष थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको सेयरधनीहरुको सेयर संख्या विगत २ वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत बोनस दिएले  आगामी दिनमा कोषले १४ प्रतिशतभन्दा तल नआउने गरी बोनस दिने प्रतिवद्धता  व्यक्त गरेका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *