काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुण्डाई फेष्टिभल डिलाईट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।
सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्रमार्फत १ जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो ।
हुण्डाई फेष्टिभल डिलाईट २०८० अफरको विजेताको घोषणा हुण्डाई नेपालको फेसबुकमामा लक्की ड्रमार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो ।
सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् । हुण्डाई फेष्टिभल डिलाईट २०८० अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरीका ईन्द्रप्रसाद गुरागाई, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा लि, हुन्डाई बिर्तामोडका ग्राहकले हुन्डाई एक्सटर जितेका छन् ।
यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । हुण्डाई फेष्टिभल डिलाईट २०८० योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।
अर्थ सन्जाल