साताको अन्तिम कारोबार दिन बिहीबार इमर्जिङ्ग नेपाल लिमिटेडको सकारात्मक सर्किट कारोबार भइरहेको छ ।
दिन १२ बजेको समयमा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबारको तुलनमा करिब १० प्रतिशतले बढेसँगै सर्किट लागेको हो ।
अवधिमा कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ७६० रुपैयाँ पुगेको छ । नेप्सेमा कम्पनीको फागुन २२ गते आइतबारदेखि कारोबार सुरु भएको हो । कम्पनीको कारोबारदेखि नै शेयरमा लगातार बढिरहेको छ ।
यस अवधिमा शेयरबजार ११ दशमलव ३९ प्रतिशतले बढेर २६ सय १८ विन्दुमा पुगेको छ ।






