नेपाली क्लवमा विदेशी खेलाडी , मछिन्द्रबाट एनएसएलमा खेल्ने

शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनको लिगका लागि दुई विदेशी खेलाडी भित्र्याएको छ ।

गत वैशाखमा भएको नेपाल सुपर लिग (एनएसएल) खेलेका अजरवैजानका नुर्लान नुभ्रोजोभसहित अर्का खेलाडी सदिक गुलिएभ मछिन्द्रले भित्र्याएको हो ।

मछिन्द्रले दुवै खेलाडी बुधबार काठमाडौं आइपुगेको जनाएको छ । उनिहरुले मछिन्द्रबाट सुपर लिग खेल्नछन् । ए डिभिजन लिग यही कात्तिक २९ गतेदेखि सुरु हुँदैछ ।

नुर्लानले यसअघि नेपाल आउँदा ललितपुर सिटीबाट एनएसएल खेलेका थिए । जसमा उनले ६ खेल खेल्दै दुई गोल गरेका थिए । २८ वर्षीय पर्वार्ड नुर्लानले अजरवैजान कपसमेत जितेका छन् ।

यस्तै २६ वर्षीय सेन्टरब्याक सदिकले अजरवैजानको यु-२३ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनले पछिल्लो पटक क्वाबला एफसीबाट खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *