विजय लघुवित्तको को साधारण सभा बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं । विजय लघुवित्तको वार्षिक साधारण सभा आज बस्दै छ ।  सभा धुलिखेल लज रिसोर्ट धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी भने कुनै पनि प्रस्ताव पेश गरेको छैन । सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।
साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै सभामा  आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *