सुनकाे मूल्यले आज पनि बनायो नयाँ रकेर्ड, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य एकैदिन तोलामा १ हजार ८०० रुपैयाँले बढेको हाे । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

बिहीबार १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *