प्रि ओपन सेसनमा १३.२३ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ अंकभन्दा बढी बढेर बन्द भएको छ।

सेसनमा १३.२३ अंक बढेर २१८८.६३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.१८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७३ स्टकको १०५ पटकको कारोबारमा ३५ लाख ९० हजार ६२ रुपैयाँ ३० पैसाबराबरको ८ हजार ३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४६ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *