


काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट सार्वजनिक हुनु अगाडि गाडी आयात बढ्दा पनि जेठमा चालु खाता र भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचत बढेको छ ।
मुलुकको शोधनान्तर स्थिति चालु आवको ११ महिना (साउन–जेठ) सम्ममा सवा ४ खर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आवको ११ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकमा शोधनान्तर बचत ४ खर्ब २५ अर्ब ६७ करोड पुगेको छ ।
आव २०७८/७९ मा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति लागतार १४ महिनाको घाटा पछि २०७९ असोजयता लगातार बचतमा छ । गत आव २०८९/८० मा २ खर्ब ९० अर्ब बचतमा रहेकोमा चालु आवको ११ महिनामा नै सवा ४ खर्ब पुगेको हो ।
शोधनान्तर बचत मात्रै नभएर चालु खाता बचत समेत २ खर्ब नाघेको राष्ट्र बैंकले जनाएको छ । जेठ मसान्तसम्मको तथ्यांक अनुसार चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ । गत आव २०७९/८० को सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । यस अवधिमा पूँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी भई ५ अर्ब ४६ करोड कायम भएको छ ।

अर्थ सन्जाल