काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सो सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात सहित असार २४ गतेले ३५ दिनभित्र खरीद गर्न चाहेको सेयर विवरण पनि खुलाई बैंकको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट यो सेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।