लक्ष्मी सनराइज बैंकको ८२ लाख ९७ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजातसहित खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको हात्तिसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको समयाभित्र विद्यमान संस्थापक शेयरधनीबाट उक्त शेयर खरीद गर्न कुनै लिखित निवेदन पेश हुन नआएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *