काठमाडाैं । कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय नारायणपुर दाङको आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित गढी टाकुरा देवस्थल मन्दिर हापुर नारेवाङलाई मन्दिरको पुनः निर्माण एवं पुरातात्विक वस्तुको संरक्षणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ ।
गढी टाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता तथा कृषि विकास बैंक लि. का उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेको प्रमुख आतिथ्यता एवं कृषि विकास बैंक लि. प्रदेश कार्यालय दाङका निर्देशक राजेन्द्र रानाभाटको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरको पुनः निर्माण एवं पुरातात्विक वस्तुको संरक्षण गर्न ४ लाखको चेक प्रमुख अतिथि बैंकका उपमहाप्रबन्धक न्यौपानेले गढी टाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष घनश्याम अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सांस्कृतिक सम्पदा संरक्षण, प्राकृतिक प्रकोपबाट असर परेका मानवलाई सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका मार्केटिङ्ग एण्ड सेल्स विभागका व.शा.प्रमुख सुरेश थापा, कृषि विकास बैंक लि. प्रदेश कार्यालय घोराहीका कर्जा अधिकृत विजय जोजिजू, बैंकका नारायणपुरका ले.पा. कमल भण्डारी, घोराही उपमहानगरपालिका नगर शिक्षा प्रमुख विनोद गौतम, समाजसेवी दानबीर खिमानन्द खनाल, लोकबहादुर थापा, हरिप्रसाद आचार्य, समाजसेवी गोमा रावतलगायतको सहभागिता थियो ।
अर्थ सन्जाल