काठमाडौं। आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, असार ३१ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।
कम्पनीले १५० प्रतिशत अर्थात्, १ बराबर १.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । यसले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्दैछ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।