कामना सेवा विकास बैंकको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातिसहित के कति खरिद गर्न चाहेको खुलाई बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । उक्त मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *