काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न साधारण सभाले करसमेत २१.०५ प्रतिशत नगद लाभांश पारित गरेको हो।
पर्साको वीरगञ्जमा कम्पनीको दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त सभाले प्रस्तावित लाभांशलाई पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू समेत सभाबाट स्वीकृति गराएको छ ।
सभामा संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना सञ्चालक तथा एक जना स्वतन्त्र सञ्चालक रहने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सभाले सञ्चालक समितिलाई दिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल