काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज ४ सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँमा कारोबार भैइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।