


काठमाडौं । सुन तस्करी गर्ने समूहले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३० अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानकाे प्रतिवेदनअनुसार ब्रेक सुमा लुकाएर ३६२.७७८ केजी र अरु इलेक्ट्रोनिक सामानमा लुकाएर २ हजार ८३१.८९ केजी सुन तस्करी गरेको खुलेको हो । यसको मूल्य करिब ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ हुने ब्युरोको भनाई छ ।
ब्युरोले सोमबार अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्ते थप अनुसन्धान सम्बन्धमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
२ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो ।

अर्थ सन्जाल