


काठमाडाैं । नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको जिम्मेवारी फेरि बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले पाएका छन् । आइतबारदेखि लागू हुने गरी नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष नरेन्द्रकुमार रानाले अधिकारीलाई दैनिक प्रशासनिक कार्यको लागि जिम्मेवारी दिएका हुन् ।
यसअघि उनी बोर्डको प्रवक्तासमेत थिए ।सञ्चालक समितिको बैठकको अध्यक्षता भने अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका रानाले गर्ने छन् ।
समयमा नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्त हुन नसकेपछि बोर्डको काम कारबाहीमाथि कानूनी संकट गहिरिंदै गएको छ। यसबीचमा दैनिक प्रशासनिक काम कसले गर्ने तथा ति कामबारे भोलि कहिं कतै प्रश्न उठे को जिम्मेवार हुने भन्ने प्रश्न उब्जेको थियो ।
अब भने उनै रानाको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले बोर्डको दैनिक प्रशासनिक कार्यको जिम्मा डा अधिकरीलाई दिने निर्णय गरेको हो।

अर्थ सन्जाल