ग्रामिण विकास लघुवित्तको साधारणसभा आज, यस्ता छन् एजेन्डा

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज बस्दैछ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय बुटवलमा आज असार १५ गते ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०।८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अन्य कुनै वित्तीय संस्थासँग कम्पनी एक आपसमा गाभ्ने तथा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र उपयुक्त लघुवित्त संस्था पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने र सोसम्बन्धी अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभा प्रयोजनार्थ असार ३ गते बुक क्लोज गरिसकेकोले असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै उक्त सभामा भाग लिन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *