काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ३ बजे बस्नेछ । बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, “राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल