


काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था ललितपुर पुल्चोकका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई शुक्रबार राति उपत्यका अपराध महाशाखाकाे टोलीले बालुवाटारबाट पक्राउ गरेको हो ।
लालिगुराँस सहकारी ठगीसम्बन्धी छानविन गर्न गठित संसदीय विशेष समितिको सूचीमा समेत परेको छ । सहकारीको बचत अपचलन प्रकरणपछि भण्डारी फरार रहेका थिए ।
यस सहकारी सञ्चालकहरूले बचतकर्ताकाे ६ अर्बभन्दा बढी रूपैयाँ अपचलन गरेकाे उजुरी परेको छ । भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभाग प्रमुख हुन् ।
Artha Sanjal

अर्थ सन्जाल