काठमाडौँ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। महासंघको आसन्न निर्वाचन मतदाता नामावलीप्रति असन्तुष्टि जनाउँदै युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको नेतृत्वमा गएको टोलीले शुक्रवार राती १० बजे कार्यालयमा तालावन्दी गरेको हो ।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार साँझ मतदाता नामावली सार्वजनिक गरेको थियो । जसमा श्रमजीवी पत्रकार हटाएर गैर पत्रकारलाई स्थान दिइएकोमा युनियनले आपत्ति जनाएको हो ।
निर्वाचनकै मुखमा गरिएको तालाबन्दीले महासंघको असार २२ गते तय गरिएको मतदान कार्यक्रमलगायत निर्वाचन तालिका प्रभावित हुने देखिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल