


काठमाडौं। दुईवटा लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । समता घरेलु र मनकामना स्मार्ट लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते अन्तिम स्वीकृति दिएको थियो ।
दुईवटै संस्था एक भएपछि ‘समता घरेलु लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । हाल समताको चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार रहेको छ भने र मनकामनाको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
यता असार २४ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको असार २३ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् ।
Artha Sanjal

अर्थ सन्जाल