काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश रकम बुझिलिन आग्रह गरेको छ । साधारणसभाले पारित गरेको नगद लाभांश बुझिलिन बाँकी शेयरधनीहरूलाई यथाशीघ्र बुझिलिन बैंकले आग्रह गरेको हो ।
बैंकले एक सूचना जारी गर्दै साविकको रेसुङ्गा विकास बैंक र पूर्णिमा विकास बैंक समेतका शेयरधनीहरूलाई साउन २० गते भित्रसम्ममा बुझिलिन भनेको छ।
यसका लागि बैंकको केन्द्रीय तथा शाखा कार्यालय वा शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडको केन्द्रीय वा शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।
तसर्थ, तोकिएको समयभित्र आफ्नो नगद लाभांश नलिए सम्बन्धित शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख छ ।
Artha Sanjal
अर्थ सन्जाल