काठमाडौं। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ११.६० अंक घटेर २०६०.१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५६ अंक घटेर २०५९.६० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४५ स्टकको १०९ पटकको कारोबारमा ६७ लाख १८ हजार ६३६ रुपैयाँ ६० पैसाबराबरको १४ हजार ६०४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।