कञ्चनपुर। सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन्।
यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप/कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर रु ७४ लाख राजस्व सङ्कलन भएको छ।
उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ। गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर रु ८७ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल