काठमाडाैं । सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ को विन्दुमा बन्द भएको छ।
आज ५७ कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ कम्पनीको सेयरमूल्य घटेको छ। ३ कम्पनीको सेयरमूल्य स्थित रहेको छ।
आज ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५५ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानकिर्ताले ७.२६ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.१३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत र नेपाल वेयरहाउजिङका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज नेपाल फाइनान्सकाे सार्वधिक कारोबार भएकाे छ । यस कम्पनी १६ करोड ४६ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।
नेपाल फाइनान्स १६ करोड ४६ लाख रुपैयाँ,गुडविल फाइनान्स १५ करोड १६ लाख रुपैयाँ,नेपाल इन्फ्रास्ट्रक्चर १३ करोड ३३ लाख रुपैयाँ,ग्लोबल आइएमई लघुवित्त ८ करोड ८२ लाख रुपैयाँ,पोखरा फाइनान्स ८ करोड ८१ लाख रुपैयाँसाधना लघुवित्त ८ करोड ५९ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः ७ करोड ८९ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावरः ६ करोड ८४ लाख रुपैयाँ,ग्रीन भेन्चर्स ६ करोड ६५ लाख रुपैयाँ,सगरमाथा जलविद्युत ६ करोड ६४ लाख रुपैयाँकाे सार्वधिक कारोबार भएकाे छ ।




