प्रभु महालक्ष्मीको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट दिने भएको छ ।

कम्पनीले नवीकरण गर्नुपर्ने बीमालेख व्यतित भई पुनर्जागरणका लागि तोकिएका प्रक्रिया पूरा गरी यही असार १२ गतेदेखि २७ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

बीमालेख जारी भएको अवधिबाट पुनर्जागरण गर्दा ५ वर्षभन्दा बढी व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत, ३ देखि ५ वर्ष अवधिसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत र ३ वर्षभित्रको व्यतित बीमालेखहरुमा शतप्रतिशत विलम्ब शुल्क (ब्याज)मा छुट दिइने कम्पनीले जनाएको छ ।

यस योजनामा समावेश भइ पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पन गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्कको छुटको सम्पुर्ण रकम कट्टा गरिनेछ । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *