


काठमाडौं । प्रभु बैंकका कर्मचारीहरूलाई लक्षित गर्दै हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहबीच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारीहरूले कर्मचारी मान्य परिचयपत्र को आधारमा मा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त समारोहमा महिला कर्मचारीहरूलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका विज्ञ डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सरकी विज्ञ डा.अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए । सो समारोहमा महिला कर्मचारीहरूको उल्लेखनीय सहभागिता समेत रहेको थियो ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

अर्थ सन्जाल