काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विगतमा भएका २५ वटा भ्रष्टाचारहरूको पुराना फाइल खोल्न आयोग बन्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट पास भएको दुई महिनाभित्र शक्तिशाली आयोग बन्ने उनको दाबी छ ।
प्रतिनिधिसभामा सोमबार बजेट माथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण फाइल फेरि खोल्ने तयारी भएको जानकारी दिए । उनले बाल मन्दिरसहित स्काउट र बाँसबारीको जग्गाको फाइल बन्द नभएको पनि बताए ।
“टीकापुरको फाइल खुलेको छ, काम भइरहेको छ । वृहत् जनकपुरको ९ हजार बिघा जग्गाको फाइल तयार हुने क्रममा छ,” उनले भने । उनले पतञ्जली आयुर्वेदको फाइल पनि आजैबाट खुलेको जानकारी दिए ।
Artha Sanjal
अर्थ सन्जाल