काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको छ ।
इच्छुकले आगामी असार १७गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य ३०८ रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेखि न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।
बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा पेश गर्नुपर्ने छ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जोसुकै कम्पनी,व्यक्ति तथा संघसंस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन् । यस शेयरको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
अर्थ सन्जाल