हिमालयन रिइन्स्योरेन्सको ‘लक इन’ अवधि आज सकिँदै

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको शेयरको लक इन अवधि आज असार १० गते सकिँदैछ ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने तीन करोड कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेर गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर पुस ११ गते बाँडफाँड गरेको थियो ।

कम्पनीले सामूहिक लगानी कोषहरूलाई छुट्याएको ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर लक इनमा रहेको छ । सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान छ । सोहि अनुसार उक्त शेयरको लकइन अवधी आज सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *