


काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १५ अर्ब ११ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले ९१ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
मंगलबार (असार ११ गते) जारी हुने बिलका लागि आज सोमबार असार १० गते दिउँसो ३ बजे बोलकबोल हुनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिनको लागि १० अर्ब ११ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।
यस ट्रेजरी असोज ८ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ असार १० गते परिपक्व हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

Artha Sanjal

अर्थ सन्जाल