


काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ को विन्दुमा झरेको हो।
आज ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँमा किनबेच भएको छ। आज ७८ कम्पनीको सेयरभाउ बढेको छ भने १६४ कम्पनीको घटेको छ। आज ५ कम्पनीको सेयरभाउ स्थिर रहेको छ।
आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स फाइनान्सको १३ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स फाइनान्स कम्पनी, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त र मैलुङ खोला जलविद्युतका लगानीकर्ताले कमाएका छन्। आज यस यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभनदा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।
आज पोखरा फाइनान्सकाे सर्वाधिक कारोबार भएको छ। यस १७ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ।
नेपाल फाइनान्स १३ करोड ५८ लाख रुपैयाँ,रिलायन्स फाइनान्स १३ करोड १६ लाख रुपैयाँ,माउन्टेन इनर्जी ११ करोड ११ लाख रुपैयाँ,माण्डु हाइड्रोपावर ९ करोड ९३ लाख रुपैयाँ,समृद्धि फाइनान्स ९ करोड ७७ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ९ करोड ६१ लाख रुपैयाँ,प्रोग्रेसिभ फाइनान्स ९ करोड ६० लाख रुपैयाँ,गोर्खाज फाइनान्स ८ करोड ६३ लाख रुपैयाँ,मल्टीपर्पस फाइनान्स ८ करोड ४८ लाख रुपैयाँकाे सर्वाधिक कारोबार भएको छ।

अर्थ सन्जाल