आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानविरुद्ध उजुरी भएमा १० दिनभित्र उजुरी गर्न सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ ।
गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोटाबाट निर्वाचन आयुक्तमा सिफारिस भएका नेपाल कानून समाजका निर्देशकसमेत रहेका प्रधान सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका विस्वास पात्र हुन् ।
प्रधानका विरुद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुव्र्यवहारको मुद्दा समेत दायर भएको थियो । प्रधानले पीडित महिलालाई आर्थिक प्रलोभन दिंदै करोडौं रुपैयाँ बुझाएर फौजदारी मुद्दा समेत अदालतबाटै मेलमिलाप गराएका थिए ।
अर्थ सन्जाल