काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असार २९ गते बार्षिक साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने एजेन्डा रहेको छ । साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस गर्ने एजेन्डा रहेको छ । तर , सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव पेस गर्ने एजेन्डा भने छैन ।
साधारण सभा प्रयोजनका लागि बैंकले असार १७ गते बुक क्लोज गर्दैछ। तसर्थ, असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्
Artha Sanjal
अर्थ सन्जाल