काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको असार ५ गते बसेको बैठकबाट २ लाख ६० हजार इकाई १ हजार रुपैयाँप्रति इकाई दरले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने निर्णय गरेको छ ।
८ वर्षे अवधि रहने सो ऋणपत्रको व्याजदर ९ प्रतिशत र ६/६ महिनामा भुक्तानी हुने गरी जारी गरिने छ।
यस सम्बन्धमा अन्य नियमकिय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्विकृत भए पश्चात डिबेन्चर निष्काशन गरिने छ ।
Artha Sanjal
अर्थ सन्जाल