काठमाडौं । सेयर बजारमा बुधबार सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को विन्दुमा बन्द भएको हो।
झिनो अंकले बढेको बजारमा आज १३५ कम्पनीको शेयरभाउ बढेको छ भने १०४ कम्पनीको शेयरभाउ घटेको छ। आज ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। आज ३ अर्ब ४० करोडकाे कारोबार भएकाे छ । १३५ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ८ को स्थिर रह्यो ।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.६२ प्रतिशत (५८ अंक) बढ्यो । बैंकिङ १.६, हाइड्रोपावर ८.५, माइक्रोफाइनान्स ६.८, निर्जीवन बीमा १८.८ र अन्य समूह २.५ अंक बढे । विकास बैंक ५.२, होटल तथा पर्यटन समूह १९, जीवन बीमा १३, उत्पादन २८ र व्यापार समूह ३८ अंक घटे ।
नेपाल फाइनान्स र समाज लघुवित्तको मूल्य करिब १० प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको ९.३, मन्दाकिनी हाइड्रोपावरको ८.२ सामलिङ पावरको ८, आत्मनिर्भर लघुवित्तको ७.३, सिर्जनशील लघुवित्तको ६.८, विन नेपाल लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो ।
आज नेपाल फाइनान्सकाे सर्वाधिक कारोबार भएको छ। यस कम्पनीकाे २० करोड २३ लाख रुपैयाँ कारोबार भएको छ।
गोर्खाज फाइनान्स ९ करोड ६६ लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्त ८ करोड ९९ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर ७ करोड ७४ लाख रुपैयाँ,हिमालयन लघुवित्त ७ करोड ४८ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ६ करोड ८६ लाख रुपैयाँ,जानकी फाइनान्स ६ करोड ८२ लाख रुपैयाँ,पोखरा फाइनान्स ६ करोड ४३ लाख रुपैयाँ,मल्टीपर्पस फाइनान्स ६ करोड ७ लाख रुपैयाँ,माउन्टेन इनर्जी ५ करोड ८१ लाख रुपैयाँकाे सर्वाधिक कारोबार भएको छ।
अर्थ सन्जाल