काठमाडौं । कुमारी बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने म्याद थप भएको छ । बैंकले जेठ २९ गते देखि लिलामीमा ल्याएको पाँच लाख ८१ हजार २५१ कित्ता संस्थापक शेयरमा आवेदन दिने म्याद थप गरिएको हो ।
म्याद थप गरेपछि उक्त शेयरमा असार ११ गते कार्यालय समयसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । यसअघि बैंकले असार ४ गतेलाई आवेदन दिने अन्तिम मिति तोकेको थियो । यो शेयर जोकोही इच्छुक व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउनेछन् ।
यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने खरिद आवेदन दिँदा घटीमा एक लाख र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसका लागि काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल