


काठमाडौं । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरे । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आजैदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पिओएस टर्मिनलर १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

अर्थ सन्जाल