काठमाडौं । ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’को बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्न लागेको हो ।
समितिका सदस्य बद्री पाण्डेका अनुसार आजको बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ । त्यसअघि कार्यदलका सदस्यहरूसँग समेत छलफल गर्ने तयारी भएको पाण्डेले जानकारी दिए । समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने तयारी गरेको छ ।
समितिको सभापतिमा सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्य थापा रहेका छन् ।
सदस्यहरूमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान रहेका छन् ।
गत जेठ १५ गते समिति गठन भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल