विजय लघुवित्तले लाभांश नदिने

काठमाडाैं । विजय लघुवित्त वित्तीय संस्थाले वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ ।

असार १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। साथै राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट वित्तीय विवरणहरु स्वीकृत गर्ने निर्णय गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *