


काठमाडौ । नागरिक लगानी कोष (CIT) ले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.७३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कोषले १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद दिने निर्णय गरेको हो । कम्पनीको आज (शुक्रबार) बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७८-७९ को नाफाबाट कोषले सेयरधनीलाई २६.३२ (कर सहित) लाभांश घोषण गरेको थियो । प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएपछि कोषको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
Artha Sanjal

अर्थ सन्जाल