काठमाडाैं । आगामी असारको लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् ।
नयाँ सार्वजनिक ब्याजदरअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये ३ बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । यस्तै ५ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् । बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम भएको छ ।
जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.९९ प्रतिशत थियो । यसरी जेठ महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको छ ।
यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.६५ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.१४ प्रतिशतविन्दुले कम हो । जेठ महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.७९ प्रतिशत थियो ।
कुन-कुन बैंकको बढ्यो ब्याजदर ?
नबिल बैंक :
असार महिनाका लागि नबिल बैंकले पनि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
हिमालयन बैंक :
हिमालयन बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो ।
माछापुच्छ्रे बैंक :
असार महिनाका लागि माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदरको व्यस्था गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
कुन-कुन बैंककाे घट्याे ब्याजदर ?
एनआईसी एशिया बैंक :
एनआईसी एशिया बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
जेठ महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.८०० प्रतिशत र संस्थागततर्फ अधिकतम ६.८०० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक :
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।
कुमारी बैंक :
कुमारी बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दतीतर्फ क्रमशः ७.०६ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एभरेष्ट बैंक :
एभरेष्ट बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.५० र संस्थागततर्फ ५.५० प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।
सानिमा बैंक :
सानिमा बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.८ प्रतिशत र संस्थागततर्फ ५.८ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन जेठ महिना ६.९ र ५.९ प्रतिशत कायम रहेको थियो ।
एनएमबी बैंक :
एनएमबी बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.८० प्रतिशत र संस्थागततर्फ ६.८० प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
ग्लोबल आइएमई बैंक :
ग्लोबल आइएमई बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर दिएको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंक :
सिटिजन्स इन्टरनेशनल बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
प्राइम कमर्सियल बैंक :
प्राइम कमर्सियल बैंकले व्यक्तिगत निक्षेपतर्फ र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
जेठ महिनाका लागि भने बेंकले व्यक्तिगत निक्षेपतर्फ र संस्थागत मुद्दती निक्षपमा क्रमशः अधिकतम ७ र ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
नेपाल एसबीआई बैंक :
नेपाल एसबीआई बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३ प्रतिशत र संस्थागततर्फ ५.३ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३९ प्रतिशत र संस्थागततर्फ ५.३९ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
लक्ष्मी सनराइज बैंक :
लक्ष्मी सनराइज बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो ।
यी बैंककाे ब्याजदर स्थिर ?
नेपाल बैंक :
नेपाल बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जेठ महिनाका लागि पनि बैंकको व्यक्तिगत र संस्थागतर्फको अधिकतम ब्याजदर यहि नै कायम थियो ।
प्रभु बैंक :
प्रभु बैंकले व्यक्तिगततर्फ र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सिद्धार्थ बैंक :
सिद्धार्थ बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कृषि विकास बैंक :
कृषि विकास बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.६६६१ प्रतिशत कायम गरेको हो । बैंकले जेठ महिनामा प्रदान गरेको ब्याजदर नै कायम गरेको हो । त्यस्तै, संस्थागत निक्षेपको ब्याजदर ४.५१०० प्रतिशत ब्याजदर निर्धारण निर्धारण गरिएको बैंकले जनाएको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक :
स्ट्याण्डर्ड चाटर्ड बैंकले असार महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लगि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
अर्थ सन्जाल